2024 सुइता सिटीमा स्कूल किड्स सुकुयेआ सकिएपछि को लागी आवेदन को बारेमा

2024年度吹田市放課後キッズスクエアの申し込みについて
प्राथमिक विद्यालयको 4 कक्षाका बच्चाहरू जसका अभिभावकहरू काममा भएका परिवारहरूको लागि(留守家庭児童育成室,Rusu katei jido ikusichu) बाल हेरचाह लागि आवेदन मापदण्ड पूरा गर्छन् उनीहरूले विद्यालय पछि किड्स स्क्वायर प्रयोग गर्न सक्छन्।

■उमेर उपलब्ध
प्राथमिक विद्यालयका 4कक्षाको बच्चाहरु

■उपलब्ध दिनहरू
साताको दिनमा विद्यालय सकिएपछि, लामो बिदा (गर्मी बिदा, जाडो बिदा, वसन्त बिदा)

■उपलब्ध समय
साताको दिनमा बेलुका5:00 बजेसम्म र लामो बिदाहरूमा बिहान8:30 देखि बेलुका 5:00बजेसम्म विद्यालय पछि खुल्ला हुन्छ।
सोमबार देखी शुक्रबार सम्म र लामो बिदाहरूमा बेलुका 6:30 सम्म उपलब्ध छ।त्यस बाहेक अलग प्रयोग पनि सम्भव छ।

■प्रयोग शुल्क
1,000 येन। (तोकिएको समय भन्दा बढी उपयोग शुल्क सहित)

■आवेदन
・यदि तपाइँ 2024 अप्रिल 1 ,बाट सेवा प्रयोग गर्न चाहानुहुन्छ भने, तपाइँ 2023 सेप्टेम्बर29,(शुक्रबार) देखी 2023 नोभेम्बर 30, (बिहिबार) बीच आवेदन दिनुपर्छ।
・आवेदन फारमहरू जसका अभिभावकहरू काममा छन् र जसले आवश्यकताको शर्त पूरा गर्छन् उनीहरूले बाल हेरचाह केन्द्र प्रयोग गर्न सक्छन्।(Rusu katei jido ikuseisichu)
(प्रत्येक प्राथमिक विद्यालयमा उपलब्ध छ ), सुइता सिटी हलमा रहेको स्कूल सकिएपछि बाल हेरचाह केन्द्र, र प्रत्येक शाखा कार्यालय (जापानीज भाषामा मात्र) उपलब्ध छन्।
・तपाईं सुइता सिटी हल वेबसाइटबाट पनि प्रिन्ट गर्न सक्नुहुन्छ। (*कृपया प्रयोग शुल्क कटौती/छूट आवेदन फारम र खाता स्थानान्तरण अनुरोध फारम प्रिन्ट गर्न नसकिने हुनाले प्रभारी विभागलाई सम्पर्क गर्नुहोस्।)

■होमपेज
https://www.city.suita.osaka.jp/kosodate/1018281/1018276/1021225/1013444.html

■सोधपुछ
बाल विभाग(Jidobu) विद्यालय सकिएपछि बाल विकास कक्षा(Hokago kodomo ikuseisichu)
टेलिफोन:06-6384-1599

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL