2024 सुइता सिटी अभिभावकहरू काममा भएका परिवारहरूले बाल विकास कार्यालयको लागि आवेदनको सम्बन्धमा

2024年度吹田市留守家庭児童育成室の申し込みについて
प्राथमिक विद्यालयको 1 देखि 4 कक्षाका बच्चाहरू जसका अभिभावकहरू काममा छन् र जसले आवश्यकताको शर्त पूरा गर्छन्, उनीहरूले बाल हेरचाह केन्द्र प्रयोग गर्न सक्छन्।

■उमेर उपलब्ध
प्राथमिक विद्यालयको 1देखि 4 कक्षाका बालबालिका

■उपलब्ध दिनहरू
साताको दिनमा विद्यालय सकिएपछि, महिनाको चौथो शनिबार, र लामो बिदा (गर्मी बिदा, जाडो बिदा, वसन्त बिदा)

■उपलब्ध समय
हप्ताको दिनमा स्कूल सकिएपछि 5:00 बजे सम्म, महिनाको चौथो शनिबार र लामो बिदाहरूमा 8:30 बजे देखि 5:00 बजे सम्म खुल्छ। (केही नर्सरी कोठाहरू 8:00 देखि खुल्छन्।)
विस्तारित बाल हेरचाह हप्ताको दिन र लामो बिदाहरूमा 18:30 सम्म उपलब्ध छ। (केही नर्सरी कोठाहरू 19:00 सम्म प्रयोग गर्न सकिन्छ।

■प्रयोग शुल्क
4,000 येन।छुट्टै,तोकिएको समय भन्दा बढी उपयोग शुल्क र खाजा शुल्क आवश्यक छ।

■आवेदन
・यदि तपाइँ 2024 अप्रिल 1बाट सेवा प्रयोग गर्न चाहनुहुन्छ भने, तपाइँले 2023सेप्टेम्बर 29(शुक्रबार) देखी 2023 नोभेम्बर 30,(बिहिबार) बीचमा आवेदन दिनुपर्छ।
・आवेदन फारमहरू अभिभावकहरू काममा भएका परिवारहरूको लागि(Rusu katei jido ikuseisichu) बाल हेरचाह केन्द्रमा उपलब्ध छन् (प्रत्येक प्राथमिक विद्यालयमा उपलब्ध),
※सुइता सिटी हलमा रहेको स्कूल सकिएपछि बाल हेरचाह केन्द्र, र प्रत्येक शाखा कार्यालय (जापानीज भाषा मात्र) मा उपलब्ध छन्।
・तपाईं सुइता सिटी हल वेबसाइटबाट पनि प्रिन्ट गर्न सक्नुहुन्छ। (※कृपया प्रयोग शुल्क कटौती/छूट आवेदन फारम र खाता स्थानान्तरण अनुरोध फारम प्रिन्ट गर्न नसकिने हुनाले प्रभारी विभागलाई सम्पर्क गर्नुहोस्।)
यदि सहभागीहरूको संख्या क्षमता भन्दा बढि छ भने, अनुप्रयोग स्क्रिन गरिनेछ र तपाइँ यसलाई प्रयोग गर्न सक्षम नहुन सक्नुहुन्छ।
・हामी तपाईंलाई उपलब्ध छ वा छैन भनी 2024 फेब्रुअरीको मध्य देखि मार्चकाे शुरु सम्ममा हुलाक द्वारा सूचित गर्नेछौं।

■होमपेज
https://www.city.suita.osaka.jp/kosodate/1018281/1018276/1021225/1013444.html

■सोधपुछ
बाल विभाग(Jidobu) विद्यालय सकिएपछि बाल विकास कार्यालय(Hokago kodomo ikuseisichu)
टेलीफोन :06-6384-1599

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL