बाल हेरचाह शुल्क नि:शुल्क बनाउने प्रक्रिया बारे

保育料無償化の手続きについて
किन्डरगार्टन वा प्रमाणित नर्सरी स्कूल, आदि प्रयोग गर्दा तोकिएको समय वा सोभन्दा बढी समय बाल हेरचाह नि:शुल्क हुन सक्छ।
आवेदन प्रक्रियाहरू अग्रिम आवश्यक छ।

■लक्षित व्यक्तिहरु
(1)किन्डरगार्टन र प्रमाणित किन्डरगार्टेनहरूका लागि बाल हेरचाह शुल्क (शैक्षिक भाग)
・2018अप्रिल 2तरिका पछि जन्मेका 3वर्ष भन्दा माथिका शिशुहरू

(2)बालगृह र प्रमाणित बाल हेरचाह केन्द्रहरूको लागि बाल हेरचाह शुल्क
・बाल हेरचाहको आवश्यकता भएका2018अप्रिल 2देखी 2021अप्रिल 1बीच जन्मेका शिशुहरू
・बाल हेरचाहको आवश्यकता भएका 2021अप्रिल 2देखी 2022अप्रिल 1को बिचमा जन्मेका शिशुहरुको परिवार जो नगरपालिका कर-मुक्तमा पर्न सक्छ ।
(3)अधिकृत नभएका बाल हेरचाह सुविधाहरूको लागि बाल हेरचाह शुल्क
・बाल हेरचाहको आवश्यकता भएका 2018अप्रिल 2देखी 2021अप्रिल 1बीच जन्मेका शिशुहरू
・बाल हेरचाहको आवश्यकता भएका 2021अप्रिल 2तारिक पछि जन्मिएका शिशुहरूको परिवार जो नगरपालिका कर-मुक्तमा पर्न सक्छ ।

लक्षित सुविधाहरू र प्रक्रिया विधिहरू फरक भएकाले,विवरणहरूको लागि कृपया होमपेज हेर्नुहोस्।

■होमपेज
https://www.city.suita.osaka.jp/kosodate/1018230/1018245/1018246/1021141

■सोधपुछ
बाल विभाग नर्सरी किन्डरगार्टन कक्षा
टेलिफोन:06-6384-1592

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL