तपाईले अब बहु-भाषाहरूमा “विदेशीहरुका लागि कानुनी परामर्श” को बुकिङ्ग गर्न सक्नुहुन्छ।

多言語で「外国人法律相談」の予約ができます
ओसाकामा वकिलहरूको संघ द्वारा आयोजित “विदेशीहरुका लागि कानुनी परामर्श” को लागि जापानी बाहेक अन्य भाषाहरूमा पनि बुक गरि परामर्श लिन सम्भव भएको छ। हामी यस “विदेशीहरुका लागि कानुनी परामर्श” को लागि भाषा अनुवादकहरू पनि उपलब्ध गराउछौं।

■ परामर्श दिनहरू
हरेक हप्ता शुक्रबार (बिदाका दिन बाहेक) 13:00-16:00 (बुकिङ्ग आवश्यक)

■ परामर्श स्थान
Osaka-fu, Kita-ku, Nishitenma 1-12-5
ओसाका-फु बेन्गोशी-काइ सोउगोउ होउरिचु सोउदान सेन्टर

■ बुकिङ्ग फोन नम्बर
080-7541-5891 (केवल बुकिङ्ग को लागि मात्र)

■ उपलब्ध भाषाहरू
अंग्रेजी, चिनियाँ, कोरियाली, पोर्चुगिज, स्पेनिश, थाई, फिलिपिनो,भियतनामी, इन्डोनेसियाली, नेपाली
・यदि तपाईलाई परामर्शको समयमा भाषा अनुवादक चाहिन्छ भने, बुकिङ्ग गर्दा हामीलाई अग्रिम जानकारी गराउनु होला।
・हामी परामर्शको क्रममा अन्य भाषाहरूमा पनि सुबिधा प्रदान गर्न सक्षम हुन सक्छौं, त्यसैले थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोला।

日本語 / にほんご
English / 英語
中文 / 中国語
한국・조선어 / 韓国・朝鮮語
Tiếng Việt / ベトナム語
Español / スペイン語

Copied title and URL