के तपाई नाइट जुनियर हाई स्कूल मा पढ्न चाहानुहुन्छ?

夜間中学校で勉強しませんか。
「नाइट जुनियर हाई स्कूल」भान्नाले जुनियर हाई स्कूल पास नभएका व्यक्तिहरु, अथवा जुनियर हाई स्कूलबाट पर्याप्त शिक्षा प्राप्त नगरी पास भएका व्यक्तिहरुले अध्ययन गर्न सकिने ठाउँ हो।
विदेशी नागरिकहरूले पनि जापानी भाषा अध्ययन गर्न सक्छन्।

■ भर्ना अवधि
2023 अप्रिल देखि

■ कक्षाको समय
सोमबार देखि शुक्रबार 17:00~21:00 (कुनै स्कूलको समय फरक हुन सक्छ)

■ शिक्षा प्राप्त गर्ने अवधि
3 वर्ष

■ शैक्षिक शुल्क
नि:शुल्क

■ लक्षित व्यक्तिहरू
ओसाका प्रान्तमा बसोबास गर्ने 15 वर्षभन्दा माथिका व्यक्तिहरु।

■ होमपेज
https://www.pref.osaka.lg.jp/shochugakko/yakanngakkyuu/

■ सोधपुछ को लागि
कृपया तल मध्ये एकलाई सम्पर्क गर्नुहोस्।
(1) तोयोनाका सिटी चौथो जुनियर हाई स्कूल (फोन:06-6863-6744)
(2) सुइता सिटी शिक्षा बोर्ड, शैक्षिक विद्यालय विभाग (फोन:06-6155-8192)

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL