प्राथमिक र जुनियर हाई स्कूलमा भर्ना को लागि प्रवेश पत्र पठाउने बारे सूचना

小学校・中学校の入学通知書送付について
२०२३ जनवरी ३१ सम्ममा, २०२३ अप्रिल बाट सुइता नगरपालिका प्राथमिक र जुनियर हाई स्कूलमा प्रवेश गर्ने बालबालिका भएका घरपरिवारहरूलाई भर्ना बारे सूचना पठाइनेछ।
यदि तपाईंलाई प्रवेश पत्र पठाइएको छ र (१) देखि (४) अन्तर्गत पर्दछ भने, तपाईंले आवश्यक प्रक्रियाहरू पूरा गर्न आवश्यक छ।

■ लक्षित बालबालिकाहरु
सुइता नगरपालिका प्राथमिक विद्यालय (सोगाक्को) : २०१६ अप्रिल २ देखि २०१७ अप्रिल १ को बीचमा जन्मिएका बालबालिकाहरु।
सुइता नगरपालिका जुनियर हाई स्कूल (चुगाक्को) : २०१० अप्रिल २ देखि २०११ अप्रिल १ को बीचमा जन्मिएका बालबालिकाहरु ।

■ थप प्रक्रिया पूरा गर्ने आवश्यक व्यक्तिहरू
(१) नगरपालिकाको विद्यालयमा भर्ना हुन चाहने विदेशी नागरिकता भएका व्यक्तिहरू।
(२) निजी वा राष्ट्रिय विद्यालयमा भर्ना वा विद्यालय परिवर्तन गर्न चाहने व्यक्तिहरू।
(३) अहिले बसोबास गर्ने ठेगाना दर्ता गरिएको ठेगानाभन्दा फरक छ, तर वास्तवमा बसेको जिल्लाको ठेगाना बाट नगरपालिकाको प्राथमिक विद्यालयमा भर्ना हुन चाहने व्यक्तिहरू।
(४) अर्को जिल्लामा बसोबास सर्ने निर्णय भएको, तर विद्यालयमा भर्नाको लागि समयमै ठेगाना दर्ता गर्ने नसक्ने भएको हुनाले, नया बसोबास गर्ने जिल्लाको विद्यालयमा भर्ना हुन चाहने व्यक्तिहरू।

■ सम्बन्धित विभाग
सुइता सिटी शिक्षा बोर्ड, शैक्षिक विद्यालय विभाग
ठेगाना : Suita-shi Asahimachi 3-402
फोन : ०६-६१५५-८१९५

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL