वर्षको अन्त्य र नयाँ वर्षको फोहोर संकलनको बारेमा जानकारी

年末年始のごみ収集について
2023 डिसेम्बर 31(आइतबार) देखि 2024 जनवरी 3(बुधवार) सम्म फोहोर संकलन गरिने छैन।
वर्षको अन्त्य र नयाँ वर्षको बिदाहरूमा फोहोर सङ्कलन हुने दिन र समय सामान्य भन्दा फरक छ।कृपया ध्यान दिनुहोला।
साथै,2024 जनवरी 4 बिहीबार,5 शुक्रबार,6 शनिबार, फोहोरको मात्रा बढ्ने भएकाले सङ्कलनमा ढिलाइ हुन सक्छ।
कृपया बिहान 8 बजेभित्र फोहोर छुट्याई तोकिएको ठाउँमा फाल्नुहोला ।

■जलाउन सकिने फोहोर बारे
वर्षको अन्त्य डिसेम्बर 30 (शनिबार) सम्म र ,नयाँ वर्ष जनवरी 4(बिहीबार) बाट सुरु हुन्छ, सामान्य रूपमा सङ्कलन गर्नुहोस।
※डिसेम्बर 31(आइतबार) देखि जनवरी 3(बुधवार) सम्म फोहोर संकलन गरिने छैन ।

■पुन: प्रयोग गर्न मिल्ने फोहोर, ठूला जटिल फोहोर, साना जटिल फोहोर, हानिकारक खतरनाक फोहोर सङ्कलन बारे
वर्षको अन्त्यमा डिसेम्बर 30(शनिबार) सम्म र नयाँ वर्षको सुरुमा जनवरी 4(बिहीबार) देखी जारी रहनेछ,सामान्य रूपमा सङ्कलन गर्नुहोस।
साथै, वर्षको अन्त्यमा सङ्कलन बारहरू परिवर्तन हुन्छन्।सामान्य भन्दा फरक बारमा संकलन गर्नेछौं,कृपया ध्यान दिनुहोस।
※जनवरी 2(मंगलबार) को डिसेम्बर 29(शुक्रबार) मा सङ्कलन गरिनेछ।
※जनवरी 1(सोमबार),जनवरी 3(बुधबार)को डिसेम्बर 30(शनिबार)मा सङ्कलन गरिनेछ।

विवरणहरूको लागि कृपया हाम्रो होमपेज हेर्नुहोस्।

■होमपेज
https://www.city.suita.osaka.jp/kurashi/1018418/1018419/1024029.html

■सोधपुछ
वातावरण विभाग व्यापार खण्ड
फोन: 06-6832-0026

यदि तपाईंसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वान-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL