सुइता सिटी साझेदारी शपथ प्रमाणीकरण प्रणाली

吹田市パートナーシップ宣誓証明制度
सुइता सिटीले प्रत्येक नागरिकले एकअर्काको विविध जीवनशैलीलाई स्वीकार गर्ने, सम्मान गर्ने र समर्थन गर्ने सहर बनाउने लक्ष्य राखेको छ र त्यसको लागी साझेदारी शपथ प्रमाणपत्र प्रणाली ल्याएको छ।

■जारी हुने मिति
2023 अप्रिल 3 (सोमबार) देखि

■लक्षित व्यक्तिहरू
・ दुवै सहभागीहरू 18 वर्ष भन्दा माथिको हनुपर्दछ।
・आवेदकहरू मध्ये कम्तिमा एक जना सुइताको नागरिक हुनुपर्दछ। अथवा सुइता सहरमा बसोबास गर्ने योजना भएका हुनुपर्दछ।
・ अविवाहित व्यक्तिहरु (वास्तविक वैवाहिक सम्बन्धमा रहेकाहरू समेत)
・अरु कसैसंग पनि अन्य साझेदारी नभएको व्यक्तिहरु
・दुई घनिष्ठ नातेदार नभएका व्यक्तिहरु

■प्रक्रिया प्रवाह
(1) बुकिंग मार्फत
कृपया फोन, फ्याक्स वा इ-मेल मार्फत शपथ दिनको लागि अग्रिम बुकिंग गर्नुहोस्।
(2) शपथ
कृपया बुकिंग मिति र समयमा सँगै सुइता सिटी हलमा आउनुहोस् र साझेदारीको शपथ फारम भर्नुहोस्।

■शपथका लागि आवश्यक कागजातहरू
(1) निवासको प्रमाणपत्र वा दर्ता भएका मामिलाहरूको प्रमाणपत्र
(2) परिवार दर्ताको प्रतिलिपि वा पति वा पत्नी नभएको प्रमाणित गर्ने कागजात
※यदि स्थायी बसोबास वा ठेगाना सहरमा छ र साझेदारीको शपथसँग सम्बन्धित सहमति फारम छ भने कागजातहरू हटाउन पनि सकिन्छ।
”विदेशी नागरिकहरूको लागि”
कृपया तपाईं संग पति वा पत्नी नभएको पुष्टि गर्न गृह देशद्वारा जारी गरिएको विवाह गर्नको लागि कानूनी क्षमताको प्रमाणपत्र, जापानी अनुवादको साथ कागजात पेश गर्नुहोस।
(3) पहिचान प्रमाणीकरण (ड्राइभिङ लाइसेन्स, माई नम्बर कार्ड, राहदानी, आदि)
(4) यदि तपाई सधैँ प्रयोग गर्ने नाम परिवर्तन गर्न चाहनुहुन्छ भने, कृपया नाम परिवर्तन गर्न अनुमति दिएको कागजात संगै ल्याउनुहोस्।

■सक्षम हुने कुराहरु
(1) तपाई आफ्नो पार्टनरसँग नगरपालिकाको आवासमा बस्न सक्नुहुन्छ। (सँगै बसोबास गर्ने अथवा सर्ने आवेदन दिन मिल्छ।)
(2) नगरपालिकाको अस्पतालमा भेट्न, उपस्थित हुन (अस्पतालमा भर्ना हुँदाको समयमा भ्रमण गर्ने, चिकित्सा प्रक्रियाहरूको स्पष्टीकरणको समयमा उपस्थित हुने, इत्यादि)

■होमपेज
https://www.city.suita.osaka.jp/kurashi/1018573/1026208.html

■सोधपुछ/ सम्पर्क अन्य जानकारी को लागी
नागरिक मामिला विभाग मानव अधिकार नीति कार्यालय (सुइता सिटीको अग्लो भवनको पहिलो तल्लामा रहेको काउन्टर 134)
फोन: 06-6384-1513

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL