बाल (बाल-पालन घरपरिवार) खाद्य पदार्थ खर्च सहयोग परियोजना

子ども(子育て世帯)食費支援事業
ओसाका प्रिफेक्चरमा बसोबास गर्ने बालबालिका (बाल-पालन गर्ने घरपरिवार) लाई चामल वा चामल जस्ता खाद्य पदार्थका सामानहरू खरिद गर्दा प्रयोग गर्न सकिने कुपनहरू उपलब्ध गराउनेछौ।

■लक्षित व्यक्तिहरु
आवेदनको मितिमा ओसाका प्रिफेक्चरमा बसोवास गर्ने व्यक्तिहरु (2023 अप्रिल 1 पछि सरेकाहरू बाहेक) र (1) वा (2) अन्तर्गत पर्नेहरू
(1) 2004 अप्रिल 2 मा अथवा त्यसपछि जन्मिएका व्यक्तिहरु
(2) आवेदन दिने मितिमा गर्भवती भएका महिलाहरु। 2023 मार्च 31 अथवा त्यो भन्दा पहिले गर्भवती भएको प्रमाण (आमा र बच्चाको स्वास्थ्य पुस्तिका) आवश्यक छ।

■लाभ विवरण (कुनै एक)
(1)“राइस पे ओसाका” (चामल खरिद गर्दा प्रयोग गर्न सकिने कुपन) 5,000 येन
(2) 5,000 येन मूल्यको चामल वा खाद्य पदार्थ सेट

■आवेदन अवधि
2023 मार्च 22 (बुधवार) 9:00 देखि 2023 जुन 30 (शुक्रबार) 23:59 सम्म

■आवेदन विधि
(1) आवेदन दिने साइटबाट आवेदन दिनुहोस्।
(2) आवेदन विवरणहरूको परीक्षण, लाभहरूको निर्धारण ग़र्नुहोस्।
(3) इ-मेल मार्फत कुपनको ID र प्राप्त गर्ने साइटको URL पठाउने छौ।
(4) इ-मेल मार्फत (3) मा पठाएको लाभ वस्तु रसिद साइटमा लगइन गर्नुहोस्।
(5) लाभ वस्तु चयन गर्नुहोस्।

■होमपेज
https://www.osaka-kodomoshien.com/

日本語 / にほんご
English / 英語
中文 / 中国語
한국・조선어 / 韓国・朝鮮語

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL