वर्षको अन्त्य र नयाँ वर्ष बिदाहरूमा परामर्शका लागि अस्पतालहरू बारे जानकारी

१ . रोग र चोटहरु को बारेमा परामर्श

■अचानक बिमारीको लागि परामर्श
・आपतकालीन सुरक्षा केन्द्र ओसाका
वर्षमा ३६५ दिन, २४ घण्टा खुल्ला छ
सम्पर्क नम्बर : ०६-६५८२-७११९

■बालबालिकाको राती आपतकालीन परामर्श (स्योनिका)
・बाल चिकित्सा आपतकालीन टेलिफोन परामर्श
बेलुकाको ७ बजे देखि बिहानको ८ बजे सम्म परामर्श लिन सकिन्छ।
३६५ दिन खुल्ला छ
सम्पर्क नम्बर : ०६-६७६५-३६५०

■वृद्धहरूको लागि आपतकालीन परामर्श
・वृद्ध सपोर्ट डायल नम्बर
डिसेम्बर २९ (बिहिबार) देखि जनवरी ३ (मंगलबार) सम्म → २४ घण्टा परामर्श लिन सकिन्छ।
※डिसेम्बर २७ (मंगलबार), २८ (बुधवार), जनवरी ४ (बुधवार), ५ (बिहिबार) बेलुकाको ५ बजे देखि बिहानको ९ बजे सम्म मात्र हुनेछ।

■कोरोना संक्रमण बारे परामर्श
・सूइता सिटी कोरोना भाइरस परामर्श केन्द्र
डिसेम्बर २९ (बिहिबार) देखि ३ जनवरी (मंगलबार) → २४ घण्टा खुल्ला छ।
३६५ दिन खुल्ला छ
सम्पर्क नम्बर: ०५०-३५३१-४४५५
※सूइता सिटी हल(सियाक्कुस्यो) खुल्ने समयमा कृपया यहाँ सम्पर्क गर्नुहोस्: ०६-७१७८-१३७०

२ . यदि तपाई अस्पताल जानु पर्यो भने

■आन्तरिक चिकित्सा(नाईका) / शल्यक्रिया(गेका)
・नगरपालिका अस्पताल(सूइता सिमिन ब्योउइन )(ठेगाना: Kishibe Shinmachi५-७)
डिसेम्बर २९ (बिहिबार) देखि ३ जनवरी (मंगलबार) → २४ घण्टा खुल्ला छ
सम्पर्क नम्बर: ०६-६३८७-३३११

■बाल चिकित्सा (स्योनिका)
・नगरपालिका अस्पताल(सूइता सिमिन ब्योउइन ) (ठेगाना: Kishibe Shinmachi५-७)
डिसेम्बर २८ (बुधवार) → बिहान ७ बजे देखि ९ बजे, साँझ ५ बजे देखि ७ बजे सम्म
डिसेम्बर २९ (बिहिबार) → बिहान ७ बजेदेखि ९ बजेसम्म
डिसेम्बर ३० (शुक्रबार) → बन्द छ
डिसेम्बर ३१ (शनिवार) → बन्द छ
जनवरी १ (आइतबार) → बिहान ७ बजेदेखि ९ बजे सम्म
जनवरी २ (सोमबार) → बन्द छ
जनवरी ३ (मंगलबार) → बिहान ७ बजे देखि ९ बजे सम्म
सम्पर्क नम्बर: ०६-६३८७-३३११

■आन्तरिक चिकित्सा(नाईका), बाल चिकित्सा(स्योनिका), शल्य चिकित्सा(गेका) , दन्तचिकित्सा(हाइस्या)
विदाको दिन आपतकालीन चिकित्सा उपचार केन्द्र (ठेगाना: Aoyamadai४-३१-२०)
डिसेम्बर २९ (बिहिबार) देखि ३ जनवरी (मंगलबार) → बिहान ९:३० देखि ११:३० सम्म र दिउँसो १:०० देखि ४:३० बजे सम्म खुल्ला छ।
सम्पर्क नम्बर: ०६-६८३१-६७००
※नाक-कान (जिबिका )को चिकित्सा को लागि कृपया फोन द्वारा पहिला सम्पर्क गर्नुहोस्।

Copied title and URL