2024 मा नर्सरी स्कूल, किन्डरगार्टन (होइकुयेन) (योउचियेन )आदिको उपयोगको लागी आवेदनहरुको बारेमा

2024年度保育所・幼稚園などの利用申し込みについて

【किन्डरगार्टन (योउचियेन )को बारेमा】
सुइता सिटिमा आफ्ना बुवाआमा सँग बस्ने बालबालिकाहरूले किन्डरगार्टेन र अन्य सुविधाहरू प्रयोग गर्न सक्छन्।
बुवाआमालाई काम गर्न कुनै आवश्यकताहरू छैन ।
■पर्योग गर्न सक्ने उमेर
2024 अप्रिल 1सम्ममा 3, 4, वा 5 वर्षका बालबालिकाहरू (सेवा प्रयोग गर्न सक्ने बालबालिकाहरूको उमेर सुविधाको आधार भिन्नमा हुन्छ।)
■उपलब्ध दिनहरू
सोमबार देखि शुक्रबार सम्मका दिनहरू (सुविधा अनुसार भिन्न हुन्छ)
■उपलब्ध समय
होइकुयेन अनुसार समय फरक हुन्छ
■प्रयोग शुल्क
नि: शुल्क (केही सुविधाहरूलाइ शुल्क लाग्छ )
*विद्यालयको खाजा सामग्री, शिक्षण सामग्री आदिको लागि वास्तविक लागत सङ्कलन गरिनेछ।
■आवेदन
・यदि तपाइँको बच्चालाई निजी किन्डरगार्टनमा भर्ना गर्न चाहनुहुन्छ भने, कृपया प्रत्येक किन्डरगार्टनमा सिधै आवेदन दिनुहोस्।
・यदि तपाइँ नगरपालिका किन्डरगार्टनमा भर्ना हुन चाहनुहुन्छ भने, कृपया अक्टोबर 1 (आइतबार) र अक्टोबर 3 (मङ्गलबार) बीच सिटि को वेबसाइटमा इलेक्ट्रोनिक अनुप्रयोग प्रणाली प्रयोग गरी आवेदन दिनुहोस्।
※यदि क्षमता नाघ्यो भने, तपाइँ सेवा प्रयोग गर्न सक्षम नहुन सक्नुहुन्छ।
・भर्नाको उपलब्धता सुइता सिटी वेबसाइट र प्रत्येक नर्सरी स्कूलमा शुक्रबार, अक्टोबर 6 मा दिउँसो 2बजे पछि घोषणा गरिनेछ, र भर्ना पत्रहरू मेल मार्फत पठाइनेछ।

【नर्सरी (होइकुयेन)स्कूलको बारेमा】
यदि बुवाआमा काम गर्नुहुन्छ , बिरामी, गर्भावस्था, सुत्केरी, आदिका कारणले आफ्ना छोराछोरीलाई होइकुयेन मा छोड्न चाहनुहुन्छ भने, उनीहरूले बाल हेरचाह सुविधा प्रयोग गर्न सक्छन्।
■पर्योग गर्न सक्ने उमेर
2024 अप्रिल 1सम्म 0 वर्षदेखि 5 वर्षसम्मका बालबालिकाहरू (यो सेवा प्रयोग गर्न सक्ने बालबालिकाहरूको उमेर सुविधाको आधारमा भिन्न हुन्छ।)
■उपलब्ध दिनहरू
सोमबारदेखि शुक्रबार (केही होइकुयेनहरु शनिबार पनि खुला हुन्छन्)
■उपलब्ध समय
बुवाआमाको परिस्थितिले समय निर्धारण गरिन्छ।
■प्रयोग शुल्क
बच्चाको उमेर र घरायसी आय द्वारा निर्धारण गरिन्छ।
■आवेदन
・यदि तपाइँ यसलाई2024 अप्रिल देखि प्रयोग गर्न चाहनुहुन्छ भने कृपया2023 सेप्टेम्बर 29शुक्रबार देखी,2023 अक्टोबर13शुक्रबार सम्म सिटि को वेबसाइटमा रहेको “नर्सरी स्कूलहरू इत्यादिका लागि आवेदन फारम
【रेइवा6नेनदो】 प्रयोग गरी आवेदन दिनुहोस्।
※यदि क्षमता नाघ्यो भने, तपाइँ सेवा प्रयोग गर्न सक्षम नहुन सक्नुहुन्छ।
・यो जनवरी 2024 को अन्त्यमा उपलब्ध छ वा छैन भनेर हामी तपाईंलाई मेल मार्फत सूचित गर्नेछौं।

■होमपेज
https://www.city.suita.osaka.jp/kosodate/1018230/1018247/1023914.html

■सोधपुछ
बाल विभाग नर्सरी किन्डरगार्टन कक्षा
फोन:06-6384-1592

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटि बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL