सिटि हल, विद्यालय, इत्यादिमा भाषाको सहयोग (दोभाषे) पर्योग गर्न सकिन्छ

市役所・学校などで通訳が利用できます
सिटि हल जस्ता आदि काममा कागजजातको प्रक्रिया वा परामर्शमा भाषा को सहयोग चाहिन्छ भने दोभाषे (भाषाको सहयोग गर्ने व्यक्ति)ले तपाईंलाई सहयोग गर्नेछन्।
2023 अक्टोबर देखी व्याख्या गर्ने भाषामा अरबी भाषा पनि थपिएको छ ।
यदि तपाइँ लाइ भाषाको लागि सहयोग चाहिएमा पहिले नै आवेदन दिनुपर्छ।

■दोभाषे(भाषाको लागि सहयोग) गर्ने ठाउँहरु ।
(1) सुइता सिटी हल
(2) शाखा कार्यालय (यामादा, सेनरियोका, सेनरी)
(3) स्वास्थ्य केन्द्र (मिनामिसेनरी शाखा सहित)
(4) सुइता सिटीको होइकुयेन , किन्डरगार्टन, प्राथमिक विद्यालय, र जुनियर हाई स्कूलहरू
(5) सुइताको शिक्षा बोर्डमा
(6) सुइता सिटीको सार्वजनिक सुविधाहरू (पुस्तकालय, सामुदायिक केन्द्र, व्यायामशालाहरू) आदि।

■भाषाको सहयोग गर्न सकिने सामग्री
विभिन्न कागजातको प्रक्रियाहरू・ व्याख्या ・ परामर्श
※अस्पताल र कक्षा लेक्चर जस्ता कार्यक्रममा भाषाको सहयोग गर्न सकिदैन।

■दोभाषे गर्न सकिने भाषाहरू
अंग्रेजी, चिनियाँ, कोरियाली, थाई, भियतनामी, नेपाली, फ्रेन्च, अरबी

■लागत
नि:शुल्क

■आवेदन
कृपया तपाईंले प्रयोग गर्न चाहेको मितिभन्दा कम्तीमा 5 दिन अगाडि प्रयोग गर्न चाहनुभएको काउन्टरमा रिजर्भेसन गर्नुहोस्।

■होमपेज
https://www.city.suita.osaka.jp/kurashi/1018346/1027748/index.html

■सोधपुछ
शहर आकर्षण विभाग संस्कृति तथा खेलकुद प्रवद्र्धन कार्यालय
टेलीफोन:06-6384-1305

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटि बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL