इन्फ्लुएन्जाबाट सावधान रहनुहोस

インフルエンザに気をつけましょう
ओसाकामा इन्फ्लुएन्जा बढीरहेको छ । हात धुने, कुल्ला गर्ने र मास्क लगाएर इन्फ्लुएन्जा लाई रोकथाम गरौं ।

①वृद्धका लागि इन्फ्लुएन्जा खोप
तल दिएका व्यक्तिहरूले 1,500 येनमा इन्फ्लुएन्जा खोप प्राप्त गर्न सक्छन्।
※सेप्टेम्बरको अन्त्यमा नगरपालिकाले कर मुक्त भएका घरपरिवारहरू र नगरपालिकाले सुपोर्ट गर्ने घरपरिवारहरू लाई नि:शुल्क खोप कार्ड पठाइएको छ।

■लक्षित व्यक्तिहरू
(1)65 वर्षभन्दा माथिका व्यक्तिहरू
(2) मानव इम्युनोडेफिशियन्सी भाइरसको कारणले मुटु, मृगौला, वा श्वासप्रश्वासको कार्य कमजोर भएका 60 देखी 64 वर्ष बीचका व्यक्तिहरू, र असक्षमता 1कियु प्रमाणपत्र भएका व्यक्तिहरू।

■खोप अवधि
2023 अक्टोबर 1 तारिक (आइतबार)~ डिसेम्बर 31 तारिक(आइतबार)

■रकम
1,500 येन

■होमपेज
https://www.city.suita.osaka.jp/kenko/1018600/1018228/1018611/1025941.html

②जुनियर हाई स्कूलका तेस्रो वर्षका (3नेन सेई )विद्यार्थीहरूको लागि इन्फ्लुएन्जा खोप
तेस्रो वर्ष जुनियर हाई स्कूलका विद्यार्थीहरूलाई इन्फ्लुएन्जा खोपको लागतमा आंशिक रूपमा अनुदान दिनेछौं। सेप्टेम्बरको अन्त्यमा योग्य सहभागीहरूलाई जानकारी खोप कार्ड पठाइएको छ।

■खोप अवधि
2023 अक्टोबर 1 तारिक (आइतबार)~2024 जनवरी 31 तारिक (बुधबार)

■अनुदान रकम
2,000 येन

■होमपेज
https://www.city.suita.osaka.jp/kenko/1018600/1018228/1018229/1025942.html

■सोधपुछ
स्वास्थ्य र चिकित्सा विभाग सामुदायिक स्वास्थ्य महाशाखा
टेलिफोन:06-4860-6151

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL