वर्षको अन्त्य र नयाँ वर्षको फोहोर संकलनको बारेमा जानकारी

२०२२ डिसेम्बर ३१ (शनिबार) देखि २०२३३ जनवरी ३ (मंगलबार) सम्म कुनै फोहोर संकलन हुनेछैन। साथै, वर्षको अन्त्य र नयाँ वर्ष बिदामा फोहोर सङ्कलन दिन र समय सामान्य भन्दा फरक छ।
२०२३ जनवरी ४ (बुध), ५ (मंगल), र ६ (शुक्र) मा फोहोरको मात्रा बढ्ने भएकाले सङ्कलनमा ढिलाइ हुन सक्छ। कृपया बिहान ८ बजेभित्र फोहोर छुट्याई तोकिएको ठाउँमा फाल्नुहोला ।

■जलाउन सकिने फोहोर बारे
डिसेम्बर ३१ (शनिबार) देखि जनवरी ३ गते (मंगलबार) सम्म फोहोर संकलन हुने छैन ।

बुधबार र शनिबार फोहोर उठाउने क्षेत्रहरू → डिसेम्बर २८ (बुधवार)
सोमबार र बिहीबार फोहोर उठाउने क्षेत्रहरू → डिसेम्बर २९ (बिहीबार)
मंगलबार र शुक्रबार फोहोर उठाउने क्षेत्रहरू → डिसेम्बर ३० (शुक्रबार)

■पुन: प्रयोग गर्न मिल्ने फोहोर, ठूला जटिल फोहोर, साना जटिल फोहोर, हानिकारक खतरनाक फोहोर सङ्कलन बारे
२०२२ डिसेम्बर ३१ देखि २०२३ जनवरी ३ सम्म फोहोर संकलन गरिने छैन।

※२०२२ डिसेम्बर २९ को फोहोर सङ्कलन, २०२३ जनवरी २ मा परिवर्तन हुनेछ।
※२०२२ डिसेम्बर ३० को फोहोर सङ्कलन, २०२३ जनवरी ३ मा परिवर्तन हुनेछ।

विवरणहरूको लागि कृपया यहाँ हेर्नुहोस्। यो जापानी भाषामा मात्र उपलब्ध छ।

यदि तपाईंसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वान-स्टप (SIFA)परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL