के तपाई नाइट जुनियर हाई स्कूल मा पढ्न चाहानुहुन्छ?

夜間中学校で勉強しませんか。
विभिन्न कारणले प्राथमिक विद्यालय वा जुनियर हाई स्कूलबाट पास गर्न नसकेका व्यक्तिहरू,पर्याप्त शिक्षा बिना जुनियर हाई स्कूलबाट पास गरेकाहरूले नाइट जुनियर हाई स्कूलमा पढ्न सक्छन्।

■ लक्ष्य
(1)2023अप्रिल1 सम्म प्राथमिक र जुनियर हाई स्कूलबाट पास नगरेका व्यक्ति
(2)15 वर्ष र माथिका व्यक्तिहरू जसले पर्याप्त शिक्षा प्राप्त नगरी जुनियर हाई स्कूलबाट पास गरे
*ओसाका फु (फ्प्रिफेक्चरमा) बस्नेहरूले भर्ना हुन सक्छन्
*विदेशी नागरिकहरूले पनि अध्ययन गर्न सक्छन्

■भर्ना प्रक्रिया
2023सेप्टेम्बरका लागि भर्नाहरू प्रत्येक विद्यालयको दोस्रो शैक्षिक अवधिको सुरुदेखि सेप्टेम्बर 8 (शुक्रबार) सम्म स्वीकार गरिनेछ
विद्यालय बिदा (शनिबार, आइतबार, र सार्वजनिक बिदा) मा स्वीकार गर्न सक्दैनौं

■शैक्षिक शुल्क
नि:शुल्क

■कक्षाको समय
सोमबार देखि शुक्रबार 17:00~21:00 (कुनै स्कूलको समय फरक हुन सक्छ)
*हिरागानाबाट अध्ययन गर्न सक्नुहुन्छ

■होमपेज
https://www.pref.osaka.lg.jp/shochugakko/yakanngakkyuu/

■सोधपुछ 
(1)तोयोनाका सी रिचू दाइ योन चुगाक्को रात्रि कक्षा
ओसाका फु तोयोनाका सी हात्तोरी होंमाची 4-5-7
टेलिफोन:06-6863-0637
(2)मोरिगुची सी रिचू साचुकी गाकुएन रात्रि कक्षा
ओसाका फु मोरिगुची सी कासुगाचो 13-26
टेलिफोन:06-6991-0637 
(3)ओसाका फु रिचू तेनमा चुगाक्को रात्रि कक्षा
ओसाका फु ओसाका सी किता कु कामियामा चोउ12-9
टेलिफोन:06-6312-8462

यदि तपाइँ (1) देखि (3) बाहेक अर्को रातको कक्षा खोज्दै हुनुहुन्छ भने, कृपया तलको इन्चार्ज विभागलाई सोध्नुहोस्

■इन्चार्ज विभाग
विद्यालय शिक्षा विभाग विद्यालय शिक्षा कोठा
ठेगाना:ओसाका फु सुइता सी आसाही माची 3-415 (4 तल्लाको सानकुसु 3rd बिल्डिंग)
टेलिफोन:06-6155-8207

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी अन्तर्राष्ट्रिय संघ (SIFA) वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL