2025 सुइता सिटीको अभिभावकहरू काममा भएका परिवारहरूले बाल विकास कार्यालयको लागि आवेदनको सम्बन्धमा

2025年度吹田市留守家庭児童育成室の申し込みについて
【अभिभावकहरू काममा भएका परिवारका लागि बाल विकास कार्यालय】
प्राथमिक विद्यालयको 1 देखि 4 कक्षाका बच्चाहरू जसका अभिभावकहरू काममा छन् र जसले आवश्यकताको शर्त पूरा गर्छन्, उनीहरूले बाल हेरचाह केन्द्र प्रयोग गर्न सक्छन्।

■उमेर उपलब्ध
प्राथमिक विद्यालयको 1देखि 4 कक्षाका बालबालिका

■उपलब्ध दिनहरू
साताको दिनमा विद्यालय सकिएपछि, महिनाको चौथो शनिबार, र लामो बिदा (गर्मी बिदा, जाडो बिदा, वसन्त बिदा)

■उपलब्ध समय
हप्ताको दिनमा विद्यालय सकिएपछि 17:00(5:00) बजे सम्म, महिनाको चौथो शनिबार र लामो बिदाहरूमा 8:30 बजे देखि 17:00(5:00) बजे सम्म खुल्छ। (केही नर्सरी कोठाहरू 8:00बजे देखि खुल्छन्।)
विस्तारित बाल हेरचाह हप्ताको दिन र लामो बिदाहरूमा 18:30 सम्म उपलब्ध छ। (केही नर्सरी कोठाहरू 19:00(7:00) सम्म प्रयोग गर्न सकिन्छ।

■प्रयोग शुल्क
4,000 येन।छुट्टै,तोकिएको समय भन्दा बढी प्रयोग शुल्क र खाजा शुल्क आवश्यक छ।
(बाल हेरचाह शुल्क र तोकिएको समय भन्दा बढी प्रयोग बाल हेरचाह शुल्क 2025 मा संशोधन गर्ने योजना छ। रकमहरू निर्धारण हुने बित्तिकै वेबसाइट देखी प्रकाशित गर्ने योजनामा छौ।)

■आवेदन
・यदि तपाइँ 2025अप्रिल 1देखि सेवा प्रयोग गर्न चाहनुहुन्छ भने, तपाइँले 2024सेप्टेम्बर 27(शुक्रबार) देखी 2024 नोभेम्बर 30,(शनिबार)बीचमा कृपया तलको इलेक्ट्रोनिक आवेदन फारम प्रयोग गरी आवेदन दिनुहोस्।
URL:https://www.city.suita.osaka.jp/kosodate/1018281/1018276/1034580/1035677/1035681.html
※यदि क्षमता नाघेको छ भने, छनोट गरिनेछ र उपलब्ध नहुन सक्छ।
.उपलब्ध छ वा छैन भनी तपाइँलाई 2025 फेब्रुअरीको मध्य देखि मार्चको सुरुमा मेल मार्फत सूचित गरिनेछ।

■2025 विद्यालय सकिएपछि किड्स स्क्वायरका गतिविधिहरूको बारेमा
प्रतिक्षा सूचीका बालबालिकाहरू विरुद्ध उपायको रूपमा 2023 देखि केही बाल हेरचाह कक्षाहरू लागू गरिएको “स्कूल किड्स स्क्वायर” को सम्बन्धमा,
प्रवेश गर्ने बालबालिकाको अनुमानित संख्याका कारण बालबालिकाको प्रतिक्षा सूची नहुने अपेक्षा गरिएको छ ।
हाल, 2025 मा यसलाई लागू गर्ने कुनै योजना छैन।

■ इन्चार्ज विभाग
बाल विभाग (Jidoubu) विद्यालय सकिएपछि बाल विकास कार्यालय (Hokago Kodomo Ikuseishitsu)
टेलिफोन:06-6384-1599

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL