ओसाका प्रिफेक्चर बाल (बाल-पालन घरपरिवार) खाद्य पदार्थ खर्च सहयोग परियोजना (दोस्रो राउन्ड) को लागी आवेदन नोभेम्बर 30 (बिहिबार) सम्म खुला छ

大阪府子ども食費支援事業(第2弾)
ओसाका प्रिफेक्चरमा बसोबास गर्ने बालबालिका (बाल-पालन गर्ने घरपरिवार) लाई चामल वा चामल जस्ता खाद्य पदार्थका सामानहरू खरिद गर्दा प्रयोग गर्न सकिने कुपनहरू प्राप्त गर्नेछन्।आवेदनहरू 2023 नोभेम्बर 30 बिहीबार सम्म खुला छ।

■लक्षित व्यक्तिहरु
आवेदनको मितिमा ओसाका प्रिफेक्चरमा बसोवास गर्ने र (1) वा (2) अन्तर्गत पर्ने व्यक्तिहरु।
(1)2005 अप्रिल 2 पछि जन्मेका व्यक्तिहरू
(2)आवेदन दिने मितिमा गर्भवती भएका महिलाहरु (गर्भावस्थाको प्रमाण (आमा र बाल स्वास्थ्य पुस्तिका) आवश्यक छ)

■लाभ विवरण (कुनै एक)
(1)ओकोमे (राइस) पे ओसाका (चामल खरिद गर्दा प्रयोग गर्न सकिने कुपन)5,000 येन
(2)5,000 येन मूल्यको चामल वा खाद्य पदार्थ सेट

■आवेदन अवधि
2023 सेप्टेम्बर 1शुक्रबार 9:00 बजे देखि नोभेम्बर 30 बिहिबार 23:59बजे सम्म

■आवेदन विधि
(1)आवेदन दिने साइटबाट आवेदन दिनुहोस्।
(2)आवेदन विवरणहरूको परीक्षण, लाभहरूको निर्धारण ग़र्नुहोस्।
(3)इ-मेल मार्फत कुपनको ID र प्राप्त गर्ने साइटको URL पठाउने छौ।
(4)इ-मेल मार्फत (3) मा पठाएको लाभ वस्तु रसिद साइटमा लगइन गर्नुहोस्।
(5)लाभ वस्तु(सामान ) छनोट गर्नुहोस्।

■होमपेज
https://www.osaka-kodomoshien.com/

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL