ओसाका प्रिफेक्चर बाल (बाल-पालन घरपरिवार) खाद्य पदार्थ खर्च सहयोग परियोजना (तेस्रो राउन्ड) को लागी आवेदन सेप्टेम्बर 2सोमबार सम्म खुला छ

大阪府子ども食費支援事業(第3弾)
ओसाका प्रिफेक्चरमा बसोबास गर्ने बालबालिका (बाल-पालन गर्ने घरपरिवार) लाई चामल वा चामल जस्ता खाद्य पदार्थका सामानहरू खरिद गर्दा प्रयोग गर्न सकिने कुपनहरू प्राप्त गर्नेछन्।आवेदनहरू 2024 सेप्टेम्बर 2 सोमबार सम्म खुला छ।

■लक्षित व्यक्तिहरु
आवेदनको मितिमा ओसाका प्रिफेक्चरमा बसोवास गर्ने र (1) वा (2) अन्तर्गत पर्ने व्यक्तिहरु।
(1) 2006 अप्रिल 2 पछि जन्मेका व्यक्तिहरू
(2) आवेदन दिने मितिमा गर्भवती भएका महिलाहरु (गर्भावस्थाको प्रमाण (आमा र बाल स्वास्थ्य पुस्तिका) आवश्यक छ)

■लाभ विवरण (कुनै एक)
(1) ओकोमे (राइस) पे ओसाका (चामल खरिद गर्दा प्रयोग गर्न सकिने कुपन)5,000 येन
(2) 5,000 येन मूल्यको चामल वा खाद्य पदार्थ सेट

■आवेदन अवधि
2024जुन 3 (सोमबार)9:०० बजे देखि सेप्टेम्बर 2 (सोमबार) 23:59 बजे सम्म

■आवेदन विधि
(1) आवेदन दिने साइटबाट आवेदन दिनुहोस्।
(2) आवेदन विवरणहरूको परीक्षण, लाभहरूको निर्धारण ग़र्नुहोस्।इ-मेल मार्फत कुपनको ID र प्राप्त गर्ने साइटको URL प्राप्त गर्नुहुनेछ।
(3) (2) मा जारी गरिएको आईडीको साथ सामान प्राप्त गर्ने साइटमा लग इन गर्नुहोस्।
(4) सामान छनोट गर्नुहोस्।

■होमपेज
https://www.osaka-kodomoshien.com/

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL