निवासी करबाट छुट भएका घरपरिवारहरूका लागि आर्थिक सहयोग बारे सूचना

住民税非課税世帯に対する給付金のお知らせ
आवासीय करबाट मुक्त भएका घरपरिवारमा बढ्दो मूल्यको बोझ कम गर्न, प्रति परिवार 70,000 येन उपलब्ध गराउनेछौं।

■लक्षित व्यक्तिहरु
2023 डिसेम्बर 1 सम्म सुइता शहरमा निवासी कार्ड भएका र 2023 मा करबाट छुट भएका परिवारहरू

■भुक्तानी रकम
प्रति घर 70,000 येन

■प्रक्रिया
(1) 2023अप्रिल देखि नोभेम्बर को बीचमा सहयोग रकम (30,000 येन) प्राप्त गरेका परिवारहरूले 2023 डिसेम्बर को 20 पछि हुलाक मार्फत पोस्टकार्ड पठाइने छ। पोस्टकार्ड प्राप्त गर्ने परिवारहरूले आवेदन दिन आवश्यक छैन।
(2) (1) बाहेक अन्य घरपरिवारहरूका लागि,2024 जनवरी 20 पछि खाममा भएको पुष्टिकरण पठाउनेछौ। पुष्टिकरण प्राप्त गरेका परिवारहरूले 2024 मार्च 31आइतबार ,सम्म आवेदन दिनुपर्छ।

■होमपेज
https://www.city.suita.osaka.jp/kenko/1018735/1028381/1030086.html

■सोधपुछ
कल्याण विभाग जीवन कल्याण कार्यालय
टेलिफोन:0120-938-208 (कल सेन्टर)

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटि बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL