नयाँ प्राथमिक विद्यालय (सोगाक्को) मा जाने बालबालिका भएका अभिभावकहरूलाई

■विद्यालय भर्ना सहायता प्रणाली बारे सूचना।
२०२३ अप्रिल देखि, प्राथमिक विद्यालयमा जाने बालबालिका भएका व्यक्तिहरूले उनीहरूलाई विद्यालय जानको लागि तयार पार्न पैसा प्राप्त गर्नेछन्।

■प्राप्त गर्न सकिने रकम
५४,०६० येन

■प्राप्त गर्ने व्यक्ति (१) देखि (३) सबै मिल्नेहरू
(१) सुइता सिटिमा बसोबास गर्नुहुने व्यक्तिहरू
(२) अप्रिल २०२३ देखि प्राथमिक विद्यालय (सोगाक्को) जाने बालबालिका भएका व्यक्तिहरू
(३) २०२२ को लागि कुल घरपरिवार आय जीविकोपार्जन सुरक्षा मापदण्डहरूमा आधारित हुनेछ
“बालबालिकाको शिक्षण सहायता खर्च आवश्यक रकम भन्दा कम” भएकाहरू

■पेश गर्नुपर्ने कागजातहरू
(१) नयाँ भर्ना हुने बालबालिकाको लागि आर्थिक सहायता उपलब्ध गराउन (विद्यार्थी भर्ना सहयोग खर्च) आवेदन फारम। ( यो आवेदन फारम केवल हुलाक मेल बाट अथवा काउन्टरमा मा बुझाउनको लागि मात्र आवश्यक छ।)
(२) आम्दानीसँग सम्बन्धित पेश गर्नुपर्ने कागजातहरू
(“सबै परिवारका सदस्यहरूको २०२२ नगरपालिका बासिन्दा कर, कर प्रमाणपत्र”)
→ तपाईं सुइता मा कति लामो समयदेखि बस्दै हुनुहुन्छ भन्ने आधारमा (२) का कागजातहरू पेश गर्न आवश्यक नहुन पनि सक्छ।
→ २०२२ जनवरी १ सम्म घरको ठेगाना सुइता सिटि बाहिर दर्ता भएका व्यक्तिहरूले (१) र (२) का कागजातहरू सबै पेश गर्न आवश्यक छ।

■आवेदन विधि
(१) इलेक्ट्रोनिक आवेदन
फारम:https://www.city.suita.osaka.jp/kosodate/1018281/1018293/1003386.html
(तपाईले कम्प्युटर वा मोबाइल फोन प्रयोग गरेर आवेदन दिन सक्नुहुन्छ)
(२) हुलाक मेल मार्फत आवेदन (तपाईं हुलाक मेल पठाएर आवेदन दिन सक्नुहुन्छ)
(३) काउन्टरमा आवेदन (साप्ताहिक दिन ९:००~१७:३०)
ठेगाना: सुइता सिटी शैक्षिक बोर्ड विद्यालय शैक्षिक विभाग
〒५६४-००२७ Suita City,Asahi-machi३-४०२ सुइता सिटी शैक्षिक बोर्ड विद्यालय शैक्षिक विभाग

■आवेदन अवधि
२०२३ फेब्रुअरी १ (बुधवार) देखि २०२३ फेब्रुअरी २८ (मंगलबार) सम्म

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL