2024年度分の市・府民税の申告
आर्थिक वर्ष 2025 सिटि・प्रिफेक्चरल कर दर्ता (※)कृपया2025 फेब्रुअरी 17 (सोमबार) देखि मार्च 17 (सोमबार) बीचमा आवेदन दिनुहोस्।
(※)सिटि・प्रिफेक्चरल कर रिटर्न फाइल गर्नु भनेको सुइता सिटीलाई 2024 जनवरी 1 देखि डिसेम्बर 31 सम्मको आफ्नो आयको जानकारी दिनु हो।
■दर्ता गर्ने आवश्यक व्यक्तिहरू
(1)2025 जनवरी 1 मा सुइता सिटिमा बसेका र 2024 जनवरी 1देखि डिसेम्बर 31 सम्म आम्दानी भएका व्यक्तिहरू।
■दर्ता गर्न आवश्यक नभएका व्यक्तिहरु
(1)2024 को लागि आयकर पुष्टि दर्ता गर्ने व्यक्तिहरू
(2)2024 जनवरी 1 देखि डिसेम्बर 31 सम्मको आम्दानी मात्र तलब थियो , काम गरेको कम्पनीले वर्षको अन्त्य समायोजन गरेको (कम्पनीले सिटी हलमा तलब भुक्तानी रिपोर्ट बुझाएको व्यक्ति )
■दर्ता गर्नको लागि आवश्यक कागजातहरु
(1) माई नम्बर कार्ड
(2) यदि तपाईंसँग माई नम्बर कार्ड छैन भने, तपाईंले आफ्नो माई नम्बर सूचना कार्ड र पहिचानको फारम (ड्राइभिङ लाइसेन्स, निवास कार्ड, वा पासपोर्ट) प्रयोग गर्न सक्नुहुन्छ।
(3)2024 जनवरी1 देखि डिसेम्बर 31 सम्मको आय प्रमाणित गर्ने कागजातहरू(Genzenchōshū-hyō) आदि
■दर्ता गर्ने ठाउँ
सुइता सिटी हल तल्लो भवन दोस्रो तला कर सम्मेलन कोठा
9:00~17:15 (शनिबार, आइतवार र बिदामा बन्द हुन्छ।)
■सोधपुछ
565-8550 Osaka-fu Suita-shi Izumi-cho1-3-40
Suita City Hall Tax Department Municipal Tax Division
(सुइता सिटी हल कर विभाग नगरपालिका कर विभाग)
फोन :050-1721-2523
यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।