गर्भवती महिला र बाल पालन समर्थन व्यवसाय

出産・子育て応援事業
हामी परामर्श सहयोग प्रदान गर्दै अन्तर्वार्ता लिएर, गर्भवती महिला र बालबालिका हुर्काउनेहरूका लागि आर्थिक सहायता गर्नेछौ।

■लक्षित व्यक्तिहरू
सुइता सिटीमा बसोबास गर्ने र 2022 अप्रिल 1 गते पछि (1) वा (2) अन्तर्गत पर्ने व्यक्तिहरू।
(1) आफ्नो गर्भावस्था दर्ता गरेका गर्भवती महिलाहरू
(2) बालबालीकाको पालन पोषण, हेरचाह गर्ने व्यक्तिहरू

■गर्भवती महिलाहरूको लागि उपहार रकम (नगद 50,000 येन) प्राप्ति प्रक्रिया
(1) गर्भवती भएको सूचना पेश गर्नुहोस्
(2) भ्रमण गर्ने, भेट्ने अथवा अनलाइन मार्फत अन्तर्रवार्ता दिनुहोस्
(3) उपहार आवेदन कागजातहरू पेश गर्नुहोस्
(4) उपहार को भुक्तानी रकम लिनुहोस्

■अन्तर्वार्ताको लागि इच्छुक (गर्भवती महिलाहरु)
इच्छुक व्यक्तिहरूले दोस्रो पटकको अन्तरर्वाता पनि दिन सक्नुहुनेछ।
(1) गर्भावस्थाको 7 औं महिनामा, सुइता सिटीको आधिकारिक लाइन एप मार्फत प्रश्न हेर्नुहोस् → उत्तर दिनुहोस्
(2) आवेदकहरूसँग अन्तर्वार्ता दिनुहोस्

■बालबालीकाको पालन पोषण, हेरचाहको लागि उपहार रकम (नगद 50,000 येन) प्राप्ति प्रक्रिया
(1) जन्म सूचना पेस गर्नुहोस्
(2) भ्रमण गर्ने, भेट्ने अथवा अनलाइन मार्फत अन्तर्रवार्ता दिनुहोस्। ※ बुकिंग आवश्यक छ।
(3) उपहार आवेदन कागजातहरू पेश गर्नुहोस्
(4) उपहार को भुक्तानी रकम लिनुहोस्

■आवेदनका लागि आवश्यक कागजातहरू
(1) उपहार लिने आवेदन फारम र बैंक खाता स्थानान्तरण अनुरोध फारम
(2) रकम प्राप्त खाता पुष्टि गर्ने कागजातको प्रतिलिपि (बैंक पासबुक,कार्ड, आदि)
(3) पहिचान कागजातहरूको प्रतिलिपि (ड्राइभिङ लाइसेन्स, राहदानी, माई नम्बर कार्ड, आदि)

■होमपेज
https://www.city.suita.osaka.jp/kosodate/1018205/1018206/1025455.html

■ सोधपुछ
स्वास्थ्य तथा चिकित्सा विभाग मातृ तथा बाल स्वास्थ्य प्रभाग
TEL:06-6339-1214、06-6339-1215

यदि तपाई सँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटी बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL