प्राथमिक र जुनियर हाई स्कूलमा भर्ना को लागि प्रवेश पत्र पठाउने बारेमा सूचना

吹田市立小·中学校の入学通知書の送付
2025 अप्रिल बाट सुइता नगरपालिका प्राथमिक र जुनियर हाई स्कूलमा प्रवेश गर्ने बालबालिका भएका घरपरिवारहरूलाई भर्ना बारे सूचना पठाइनेछ।

■लक्षित व्यक्तिहरू
(1) र (2) जसले शिक्षा बोर्डको शैक्षिक मामिला डिभिजनलाई 「 नगरपालिकाको विद्यालयमा भर्ना गर्ने」 भनेर सूचित गरेका व्यक्तिहरू
(1) नगरपालिका प्राथमिक विद्यालय (सोगाक्को): 2018अप्रिल 2~ 2019 अप्रिल1को बीचमा जन्मेका व्यक्तिहरू
(2) नगरपालिका जुनियर हाई स्कूल (चुगाक्को): 2012 अप्रिल 2 ~ 2013 अप्रिल 1को बीचमा जन्मेका व्यक्तिहरू

■भर्ना सम्बन्धी जानकारी
・प्रवेश समारोहको समय र भर्ना हुनु अघि जानकारी सत्रको सम्बन्धमा तपाइँलाई विद्यालयले सिधै सम्पर्क गर्नेछ।
・कृपया प्रवेश समारोहमा तपाइँको प्रवेश पत्र ल्याउनुहोस्। यदि तपाइँ प्रवेश समारोहमा उपस्थित हुनुहुन्न भने, कृपया विद्यालयमा सम्पर्क गर्नुहोस्।
・ यदि तपाइँ भर्ना हुनु अघि रूम सर्दै हुनुहुन्छ भने, कृपया पुष्टि(kakunin) गर्न विद्यालयलाई सम्पर्क गर्नुहोस्।( विद्यालय परिवर्तन हुन सक्ने हुनाले)
・आर्थिक कठिनाइ भएका परिवारहरूले शहरको मापदण्ड पूरा गर्ने, विद्यालय खर्चको लागि पैसा प्राप्त गर्नेछन्। शैक्षिक मामिला विभागमा आवेदन दिनु पर्छ। कृपया विवरणहरूको लागि विद्यालयलाई सोध्नुहोस्।

■सावधानी
यदि तपाईं सुइताकाको प्राथमिक वा जुनियर हाई स्कूलमा भर्ना हुन चाहनुहुन्छ तर भर्ना पत्र प्राप्त गर्नुभएको छैन भने, तपाईंले शैक्षिक मामिला विभागलाई सूचित गर्नुपर्छ। कृपया यहाँ अनलाइन आवेदन गर्नुहोस्।(जापानी मात्र)
URL:
https://apply.e-tumo.jp/city-suita-osaka-u/offer/offerDetail_initDisplay?tempSeq=8410&accessFrom=

■सोधपुछ
विद्यालय शिक्षा विभाग शैक्षिक मामिला विभाग
फोन:06-6155-8195

यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने, कृपया सुइता सिटि बहुसांस्कृतिक वन-स्टप परामर्श केन्द्रमा सम्पर्क गर्नुहोस्।

Copied title and URL